Lite Nepal

बिहिबार, माघ ०८, २०८२

काठमाडौं । पहिचानवादी नेता एवं उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी पारित्याग गरेका छन् । डकेन्द्रसहित केन्द्रीय सदस्य ज्ञानबहादुर गुरुङ र प्रस्तावित केन्द्रीय सदस्य अमर ईजमले साधारण सदस्य नरहने गरी पार्टी त्यागेको घोषणा गरेका हुन् ।

उनीहरुले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै पहिचानसम्बन्धी एजेन्डामा स्पष्ट र लिखित वैचारिक धारणा प्रस्तुत गर्न नसकेकोले पार्टीमा बस्न नैतिकताले नदिएको बताएका छन् । यसअघि इलाममा भएको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार रहेका थेगिम उज्यालो पार्टीको समानुपातिकको बन्दसूचीमा रहेका छन् ।

पार्टी परित्याग गरेका तीनै जनाले अब पुन: पहिचानवादी मोर्चालाई विस्तार गर्ने र आन्दोलनका लागि सशक्त संरचना निर्माण गर्ने घोषणा गरेका छन् । उनीहरुले आसन्न निर्वाचनमा दलकोको घोषणा पत्रमा अनिवार्यरुपमा पहिचनसहितको संघीयता, धर्मनिरपेक्षता, लोकतान्त्रिक गणतन्त्र, पूर्ण समानुपातिकप्रति स्पष्ट प्रतिबद्धता गराउन दबाब दिने निर्णय गरेका छन् ।

स्वतन्त्र रुपमा ‘नो कोशी’, ‘नो केबलकार’ अभियान अन्तर्कगत मुक्कुमलुङ, खुवालुङ, बोझेनीलगायत धार्मिक-सांस्कृतिक स्थलमाथि भइरहेको अतिक्रमणविरुद्ध प्रतिरोध गर्ने प्रतिबद्धता उनीहरुको छ । निर्वाचन नजिकिएका बेला उनीहरुले ‘नो भोट’ सम्बन्धी अभियान चलाउने चेतावनी दिएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं