Lite Nepal

मंगलबार, चैत्र ०३, २०८२

काठमाडौं । पाकिस्तानले अफगानिस्तानमा गएराति हवाई आक्रमण गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानी वायुसेनाको लडाकु विमानले राजधानी काबुलका धेरै क्षेत्रहरूलाई निशाना बनाएको हो । आक्रमणमा ४०० जनाको मृत्यु भएको छ भने २५० भन्दा बढी घाइते भएका छन् ।

रिपोर्टका अनुसार दारुल अमन, अर्जन किमत, खैरखाना र काबुल अन्तर्राष्ट्रिय विमानस्थल वरपर धेरै ठाउँहरूमा विस्फोट र गोली चलेको आवाज सुनिएको थियो ।

यसैबीच, तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले पाकिस्तानी सेनाले काबुलको लागुऔषध लत छुटाउने अस्पतालमा बम विस्फोट गराएको उल्लेख गरेका छन् । तालिबानले आक्रमणको कडा निन्दा गर्दै यसलाई मानवताविरुद्धको अपराध भनेको छ र पाकिस्तानले अफगानिस्तानको हवाई क्षेत्रको उल्लंघन गरेको बताएको छ ।

सरकारका उपप्रवक्ता हमदुल्लाह फित्रतले सामाजिक सञ्जालमा स्थानीय समय अनुसार राति ९ बजे आक्रमण भएको बताए । उनका अनुसार २,००० शैयाको अस्पतालमा ठूलो क्षति पुगेको छ ।

मिडिया रिपोर्टहरूका अनुसार आक्रमण हुँदा अस्पतालमा करिब ३ हजार मानिसहरू उपचार गराइरहेका थिए । अस्पतालका अधिकारीहरूले बिरामीहरूको संख्या धेरै भएकोले मृतक र घाइतेहरूको संख्या सयौं पुग्नसक्ने बताएका छन् ।

यता, अफगानी क्रिकेटर रशिद खानले पाकिस्तानी आक्रमणको कडा निन्दा गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘काबुलमा पाकिस्तानी हवाई आक्रमणको परिणामस्वरूप नागरिक हताहतको पछिल्लो रिपोर्टबाट म अत्यन्तै दुःखी छु । नागरिक घरहरू, शैक्षिक सुविधाहरू वा चिकित्सा पूर्वाधारलाई निशाना बनाउनु, चाहे जानाजानी होस् वा गल्तीले, युद्ध अपराध हो । विशेष गरी पवित्र रमजानको महिनामा मानव जीवनको लागि गरिएको बेवास्ता पीडादायी र गहिरो चिन्ताजनक छ । यसले विभाजन र घृणालाई मात्र बढावा दिनेछ । म संयुक्त राष्ट्र संघ र अन्य मानव अधिकार एजेन्सीहरूलाई यो पछिल्लो अत्याचारको पूर्ण रूपमा अनुसन्धान गर्न र अपराधीहरूलाई जवाफदेही बनाउन आह्वान गर्दछु । म यो कठिन समयमा मेरा अफगानी जनताको साथमा उभिएको छु । हामी निको हुनेछौँ, र हामी एक राष्ट्रको रूपमा उठ्नेछौँ । हामी सधै गर्छौं । इन्शाअल्लाह !’

यसैबीच, पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफका प्रवक्ता मोशरफ जैदीले काबुलमा कुनै पनि अस्पताललाई लक्षित नगरिएको दाबी गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा