Lite Nepal

आइतबार, आश्विन ०४, २०८३
फाइल फोटो

काठमाडौं । कराते खेलाडी एरिका गुरुङ एसियाली खेलकुदअन्तर्गत महिला कुमुते ६८ केजी माथिको सेमिफाइनलमा प्रवेश गरेकी छन् । एरिकाको सेमिफाइनल प्रवेशसँगै नेपालले कम्तीमा एक कांस्य पदक पक्का गरेको छ । करातेमा सेमिफाइनलमा पराजित हुने खेलाडीलाई पनि कांस्य पदक प्रदान गरिन्छ ।

गत संस्करणकी रजत पदक विजेता एरिकाले आइतबार तोयोहाशी जिम्नाजियममा भएको क्वार्टरफाइनलमा जोर्डनकी यारा नासेरलाई ७–१ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएकी हुन् ।

अब एरिकाले सेमिफाइनलमा काजकिस्तानकी सोफिया बेरुल्तसेभासँग प्रतिस्पर्धा गर्नेछिन् । एरिकाको सेमिफाइनल प्रवेशसँगै नेपालले करातेबाट कम्तीमा तीन पदक पक्का गरेको छ । यसअघि पुरुष कुमुते ६० केजीमुनिमा मीनबहादुर तामाङ र ५५ केजीमुनिमा राकेश मानन्धरले सेमिफाइनलमा स्थान बनाएपछि नेपालको दुई पदक पक्का भइसकेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं