विराटनगर । राजनीति विश्लेषक, चिन्तक तथा त्रिमुल नेपालका अध्यक्ष भरत दाहाल पक्राउ परेका छन्। मोरङको बेलबारी स्थित प्रहरी कार्यालयले उनलाई पक्राउ गरेको हो।
राजनीतिक छलफलका लागि असोज २ गते मोरङ पुगेका दाहाल सुन्दरहरैचा-८ सलकपुरस्थित गौरी ढकालको चिया पसलबाट पक्राउ परेका हुन्। उनलाई अहिले विराटनगर ल्याइएकाे छ । प्रहरीका अनुसार उनलाई आजै काठमाडौँ लगिनेछ ।

उनले सत्ता र शासन व्यवस्थाका त्रुटीहरू विरुद्ध निरन्तर र सशक्त रूपमा प्रतिपक्षि भूमिका निर्वाह गर्दै आएका थिए। त्रिमुल नेपालले दाहाल माथिको धरपकड हालको कथित लोकतान्त्रिक गणतन्त्रको वास्तविक चरित्र उजागर गर्ने घटना भएको उल्लेख गरेको छ।