Lite Nepal

शुक्रबार, बैशाख ०४, २०८३

काठमाडौं । गर्मीयाममा खरबुजा, आँप, स्याउ वा मेवाजस्ता ताजा फलफूलको खपत धेरै हुन्छ ।

धेरैले यी फलफूलमा बिरे नुन छर्केर खान्छन् । यसले स्वाद त बढाउँछ नै पाचन पनि सुधार गर्छ भन्ने विश्वास गरिन्छ । तर यो बानी आफ्नो स्वास्थ्यको लागि कति फाइदाजनक वा हानिकारक हुन सक्छ भनेर तपाईंले कहिले सोच्नुभएको छ ? करेन्ट रिसर्च इन कम्प्लिमेन्टरी एण्ड अल्टरनेटिभ मेडिसिनमा प्रकाशित एक अध्ययन अनुसार फलफूलमा बिरे नुन छर्केर खाँदा यसले फलफूलको शरीरद्वारा अवशोषित हुने क्षमता बढाउने र अक्सिजनको सम्पर्कबाट फलफूललाई सुरक्षित राख्ने तरिकालाई पनि सुधार गर्ने क्षमता राख्छ ।

तर, यसको अत्यधिक सेवनले धेरै स्वास्थ्य समस्याहरू पनि निम्त्याउन सक्छ । त्यसैले यसलाई प्रयोग गर्नु अघि यसको फाइदा, बेफाइदा र सही मात्रा बुझ्नु महत्त्वपूर्ण छ ।

के हो बिरे नुन ?
कालो नुन खनिजयुक्त चट्टान नुन हो । यसलाई जडीबुटी र कोइलाले प्रशोधन गरिएको हुन्छ । हलुका अमिलो स्वाद र सल्फर जस्तो गन्ध यसको विशिष्ट विशेषता हो । यी दुई गुणले यसलाई उत्कृष्ट डाइजेष्टिभ बनाउँछ । यसलाई प्रायः मोही, कागती पानी र फलफूलमा छर्केर खाइन्छ ।

फलफूलमा बिरे नुन थप्नुका फाइदाहरू
खानुअघि फलफूलमा बिरे नुन छर्किदा तिनीहरूको स्वास्थ्य लाभ उल्लेखनीय रूपमा बढ्छ । करेन्ट रिसर्च इन कम्प्लीमेन्टरी एण्ड अल्टरनेटिभ मेडिसिनमा प्रकाशित अनुसन्धानअनुसार बिरे नुनमा नियमित नुनभन्दा कम सोडियम हुन्छ, जसले यसलाई स्वस्थ विकल्प बनाउँछ र रक्तचाप बढ्नबाट रोक्छ । फलफूलमा बिरे नुन छर्केर

खानुका फाइदाहरू:

१. पाचनमा सुधार गर्दछ
बिरे नुनले शरीरमा पित्तको उत्पादन बढाउँछ, जसले सजिलो पाचनलाई सहज बनाउँछ । त्यसैले, फलफूलको चाटमा यसको प्रयोग लाभदायक मानिन्छ ।

२. ग्यास र पेट फुल्ने समस्याबाट राहत
ग्यास वा पेट फुल्ने समस्या प्रायः पेट टन्न हुने गरी खाना खाएपछि हुन्छ । कालो नुनले यो समस्या कम गर्न मद्दत गर्दछ ।

३. इलेक्ट्रोलाइट सन्तुलन कायम राख्छ
गर्मीको मौसममा शरीरले पसिनाको माध्यमबाट नुन र पानी गुमाउँछ । कागती पानी र जलजीरा जस्ता पेय पदार्थहरूमा बिरे नुन थप्दा इलेक्ट्रोलाइट सन्तुलन कायम राख्न मद्दत गर्दछ ।

४. दाँतमा असर
बिरे नुनमा फ्लोराइडको मात्रा बढी हुने भएकाले दाँतमा दीर्घकालीन असर पर्न सक्छ । यसले दाँतको फ्लोरोसिसको जोखिम बढाउन सक्छ ।

र्गाीयाममा शरीरलाई हाइड्रेटेड राख्न हामी प्रशस्त मात्रामा फलफूल खान्छौँ । फलफूलमा बिरे नुन छर्किदा नुनले फलफूललाई चाँडै बिग्रनबाट रोक्छ र यसको स्वाद बढाउँछ ।

यद्यपि, सामाजिक सञ्जालको प्रचलनका कारण मानिसहरूले यसको अत्यधिक मात्रामा सेवन गरिरहेका छन्, जुन स्वास्थ्यको लागि हानिकारक हुन सक्छ ।

पछिल्लो समय सामाजिक सञ्जालमा कयौँ इन्फ्लुएन्सरहरूले बिरे नुनलाई डिटक्स चमत्कारको रूपमा प्रचार गरिरहेको देखिन्छ ।

तर सत्य यही हो कि यो नुन सीमित मात्रामा सेवन गर्दा मात्र फाइदाजनक हुन्छ । सामाजिक सञ्जाल हेरेर आफूखुसी अत्यधिक मात्रामा सेवन बिरे नुनको सेवन गर्नु तपाईंको स्वास्थ्यको लागि हानिकारक हुन सक्छ । फलफूलमा बिरे नुन छर्केर खाँदा स्वाद र पाचन दुवै सुधार गर्न सक्छ, तर यसलाई सन्तुलित मात्रामा सेवन गर्नुपर्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा