Lite Nepal

बुधबार, बैशाख ०९, २०८३

काठमाडौं । विराटनगर महानगरपालिकाले बजार क्षेत्रका फुटपाथमा देखिएको अव्यवस्थित अतिक्रमण नियन्त्रण गर्न विशेष अभियान सञ्चालन गर्ने भएको छ। सडक पेटीको व्यवस्थापनलाई व्यवस्थित बनाउने उद्देश्यसहित महानगरले कडाइका साथ नियम कार्यान्वयन गर्ने निर्णय गरेको हो।

सरोकारवाला निकायहरूसँग भएको समन्वय बैठकले आगामी वैशाख ११ गतेदेखि मुख्य बजार क्षेत्र तथा आसपासका क्षेत्रमा फुटपाथ व्यवस्थापनसम्बन्धी नियम कडाइका साथ लागू गर्ने निर्णय गरेको छ। अभियान कार्यान्वयनअघि दुई दिनसम्म माइकिङमार्फत व्यवसायी तथा सर्वसाधारणलाई जानकारी र सचेतना प्रदान गरिने महानगरले जनाएको छ।

मेयर नागेश कोइरालाको उपस्थितिमा सम्पन्न बैठकले सडक पेटीमा हुने अनियमित व्यापार, पसलका सामग्री बाहिर राख्ने प्रवृत्ति तथा त्यसबाट उत्पन्न ट्राफिक अवरोधलाई नियन्त्रण गर्ने रणनीति तय गरेको हो।

नगर प्रहरी प्रमुख राजन पौडेलका अनुसार अब पसलको सटर बाहिर कुनै पनि सामान राख्न अनुमति नहुने व्यवस्था लागू हुनेछ। साथै निर्माण सामग्री सडक पेटीमा राख्न निषेध गरिने, मोटरसाइकल ग्यारेजका सामग्री बाहिर राख्न नपाइने तथा कवाडी व्यवसाय सञ्चालनका लागि तोकिएको न्यूनतम मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्नेछ।

नियम उल्लंघन गर्नेहरू विरुद्ध तत्काल कारबाही प्रक्रिया अघि बढाइने महानगरले स्पष्ट पारेको छ।

यसैबीच, ठेला व्यवस्थापन, पार्किङ क्षेत्र निर्धारण तथा ट्राफिक प्रवाह सुधारका विषयमा समेत सुझाव संकलन गरी १५ दिनभित्र प्रतिवेदन तयार गर्ने तयारी गरिएको छ। सो प्रतिवेदनका आधारमा महानगरले चरणबद्ध रूपमा सुधारात्मक कार्यक्रम कार्यान्वयन गर्ने जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं