Lite Nepal

आइतबार, कार्तिक २९, २०८३

मोरङ । भान्छामा खाना पकाउने क्रममा भएको ग्यास चुहावटबाट सल्किएको आगोले जलेर गम्भीर घाइते भएकी मोरङकी ३० वर्षीया सुरक्षा भट्टराईको उपचारका क्रममा मृत्यु भएको छ। रतुवामाई नगरपालिका–९ भौडा टोल निवासी सुरक्षा भट्टराईको काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पतालमा आइतबार बिहान २ः४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

गत कात्तिक २४ गते हलीतिहारका दिन अपराह्न करिब ४ः३० बजे लोकनाथ भट्टराईको घरमा ग्यास सिलिण्डरबाट ग्यास लिक भएर आगलागी भएको थियो। घरको भुइँतलामा रहेको भान्छा कोठामा अचानक आगो सल्किएपछि सुरक्षा बाहिर निस्कने क्रममा जलेर घाइते भएकी थिइन्।

घटनापछि सुरक्षालाई तत्काल विराटनगरस्थित नोबेल शिक्षण अस्पताल पुर्‍याइएको थियो। अवस्था गम्भीर भएपछि सोही दिन नेपाली सेनाको हेलिकोप्टरमार्फत थप उपचारका लागि कीर्तिपुर बर्न अस्पताल लगिएको थियो। तर, चिकित्सकको प्रयासका बाबजुद उनको ज्यान जोगिन सकेन।

उपचारकै क्रममा उनको मृत्यु भएको खबर आइतबार बिहान उनका श्रीमान् प्रमोद पोखरेलले इलाका प्रहरी कार्यालय सिजुवालाई गराएका थिए।

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं