Lite Nepal

शुक्रबार, बैशाख २५, २०८३

काठमाडौं । नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलले प्रमुख सचेतकको जिम्मेवारी रमेश कुमार बस्नेतलाई दिएको छ । दलका नेता तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले बस्नेतलाई उक्त पदमा नियुक्त गरेका हुन् ।

सुनसरी निर्वाचन क्षेत्र नं. १ (१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित बस्नेतलाई संगठनात्मक समन्वय तथा संसदीय कार्य सञ्चालनको जिम्मेवारी दिइएको हो ।

यसअघि प्रमुख सचेतक रहेका विदुर कुमार लिंथेप आर्थिक मामिला तथा योजना मन्त्री बनेपछि उक्त पद रिक्त रहेको थियो । लामो समयसम्म नयाँ प्रमुख सचेतक नियुक्त हुन नसक्दा संसदीय कामकाज सचेतक ललिता कुमारी चौधरीमार्फत सञ्चालन हुँदै आएको थियो ।

२०७९ को निर्वाचनपछि एमाले कोशी प्रदेश संसदीय दलको प्रमुख सचेतकमा प्रारम्भमा रेवतीरमण भण्डारीलाई जिम्मेवारी दिइएको थियो । उनी मन्त्री बनेपछि उक्त पद विदुर कुमार लिंथेपलाई हस्तान्तरण गरिएको थियो । लिंथेप पनि पछि मन्त्री बनेपछि पद रिक्त रहँदै आएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं