Lite Nepal

शनिबार, बैशाख २६, २०८३

काठमाडौँ । कम्पनी रजिस्ट्रारको कार्यालयले स्थानीय तहहरूलाई पनि कम्पनी दर्ता गर्न र शेयर खरिद गरी स्वामित्व लिन सक्ने बाटो खुला गरेको छ । कार्यालयले एक सार्वजनिक सूचना जारी गर्दै विभिन्न स्थानीय तहहरूबाट सौर्य ऊर्जा लगायतका क्षेत्रमा कम्पनी स्थापना र शेयर लगानीका लागि अनुरोध भई आएको सन्दर्भमा यस्तो निर्णय गरिएको जनाएको छ ।

कम्पनी रजिस्ट्रारको कार्यालयको निर्णयअनुसार अब स्थानीय तहले प्रचलित कानुन बमोजिम निश्चित सर्तहरू पुरा गरी कम्पनी दर्ता गर्न र शेयर खरिद गरी कम्पनीको स्वामित्व लिन सक्ने थप व्यवस्था गरिएको छ ।

स्थानीय तहले कम्पनी दर्ता वा शेयर खरिद गर्नुअघि देहायका सर्तहरू पालना गर्नुपर्ने सूचनामा उल्लेख छः
१, स्थानीय तहले यस सम्बन्धमा आफ्नै कानुन बनाएर निर्णय गर्नुपर्नेछ ।

२, कम्पनी ऐन, २०६३ र सम्बन्धित अन्य प्रचलित कानुनहरू बमोजिम प्रक्रिया पुरा गर्नुपर्नेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं