Lite Nepal

आइतबार, कार्तिक २९, २०८३

पाँचथर । तमोर कोरिडोर सडक हुँदै ताप्लेजुङ जाने यात्रुको सङ्ख्या बढेसँगै मेची राजमार्गअन्तर्गत पाँचथर र इलामको सीमावर्ती राँके बजारको व्यापार घटेको छ ।

मेची राजमार्ग भएर यात्रा गर्ने यात्रु तथा ताप्लेजुङस्थित पाथीभरा मन्दिर दर्शनका लागि जाने तीर्थयात्री राँके बजारका मुख्य ग्राहक हुन् । तर, धरानबाट धनकुटाको भेडेटार हुँदै तमोर कोरिडोरबाट ताप्लेजुङ पुग्ने यात्रुको सङ्ख्या बढेपछि राँके बजारमा ग्राहकको चहलपहल घटेको स्थानीय व्यवसायीले बताएका छन् ।

स्थानीय व्यवसायी सुमन पौडेलका अनुसार पछिल्ला तीन वर्षयता राँके बजारमा ग्राहकको सङ्ख्या निरन्तर घटिरहेको छ । विगतको तुलनामा बजारको व्यापार करिब ६० प्रतिशतले घटेको उनले बताए ।

अर्की व्यवसायी निशा श्रेष्ठले पनि कोरोना महामारीपछि बजारको व्यापारले पुरानै गति लिन नसकेको बताइन् । उनका अनुसार यात्रुको आवागमन घट्नु र व्यापारिक गतिविधि सुस्ताउनुका कारण व्यवसायी प्रभावित भएका छन् ।

पाँचथरको फाल्गुनन्द गाउँपालिका र फिदिम नगरपालिका तथा इलामको देउमाई नगरपालिका र फाकफोकथुम गाउँपालिकाका किसानले उत्पादन गरेका कृषि उपज तथा स्थानीय सामग्री बिक्रीका लागि राँके बजार ल्याउने गरेका छन् ।

अकबरे खुर्सानी र यसको अचार, तरकारी, आलु, फलफूल, छुर्पी, घिउ, चिया तथा विभिन्न जडीबुटी राँके बजारका प्रमुख स्थानीय उत्पादन हुन् । यात्रुको आवागमनमा आएको परिवर्तनसँगै स्थानीय उत्पादनको बिक्रीसमेत प्रभावित हुन थालेको व्यवसायीको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं