Lite Nepal

आइतबार, कार्तिक २९, २०८३

विराटनगर । भारतको उत्तरपूर्वी राज्य आसाममा मिनिबस र कन्टेनर ट्रक एक आपसमा ठोक्किँदा कम्तीमा २६ जनाको मृत्यु भएको छ ।

शुक्रवार भएको उक्त दुर्घटनामा परी अन्य धेरै यात्रु घाइते भएका छन् । आसामको गोलाघाट जिल्लास्थित काजिरंगानजिकै रोङ्गाजन क्षेत्रमा दुर्घटना भएको स्थानीय अधिकारीहरूले जनाएका छन् ।

उक्त स्थान आसामको राजधानी दिसपुरबाट करिब २७४ किलोमिटर उत्तर पूर्वमा पर्छ । प्रहरीकाअनुसार दुर्घटनामा मृत्यु हुनेमा कलेजका विद्यार्थीहरूसमेत रहेका छन् । विपरीत दिशाबाट आइरहेका दुई सवारीसाधन एक आपसमा ठोक्किँदा मिनिबस पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो । ठक्करको प्रभावले बसको अगाडिको भाग नराम्ररी कुच्चिएको र केही यात्रु भित्रै फसेका थिए ।

दुर्घटनापछि उद्धारकर्मी तथा प्रहरीले क्षतिग्रस्त बसभित्र फसेका यात्रुको उद्धार गरेका थिए। घाइतेहरूलाई उपचारका लागि नजिकका अस्पतालमा पठाइएको छ । प्रहरीकाअनुसार मिनिबस गोलाघाटबाट नागाउँतर्फ गइरहेको थियो भने कन्टेनर ट्रक माथिल्लो आसामतर्फ जाँदै थियो । सोही क्रममा दुवै सवारीसाधन आमनेसामने ठोक्किएका हुन् । मिनिबसमा सवार यात्रुको यकिन संख्या तत्काल खुल्न सकेको छैन ।

यद्यपि प्रारम्भिक विवरणअनुसार दुर्घटनाका बेला बसमा ३५ जनाभन्दा बढी यात्रु रहेको अनुमान गरिएको छ । दुर्घटनाको कारण र त्यसमा सवार यात्रुको यकिन संख्याबारे थप अनुसन्धान भइरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं