Lite Nepal

आइतबार, बैशाख २७, २०८३

सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-६ स्थित वभनगामा टोलमा गए राति आगलागी भएको छ । सो आगलागीमा परी छ परिवारको वटा १३ घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

स्थानीय रामअवतार यादवको गाई गोठमा बालिएको घुरबाट सल्केको आगोले निजको दुई वटा घर र एउटा गाई गोठ, छिमेकी जुगाइ यादवको दुई वटा घर र एउटा गोठ, अनिल यादवको दुई वटा घर एउटा गोठ, योगिन्द्र यादव, राजकुमार यादव, धीरेन्द्र यादवको एक/एक वटा घर गरी १० घर र तीन वटा गाईगोठसमेत १३ वटा घर पूर्ण रूपले जलेर नष्ट भएको स्थानीय रामनाथ यादवले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागीबाट खाद्यान्न, लत्ताकपडा, गरगहना, फर्निचरलगायत नगदसहित करिब रु. ४५ लाखभन्दा बढीको धनमालको नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ ।

हनुमाननगर कङ्कालिनी नगरपालिका, मधेस–प्रदेश प्रहरी तालिम केन्द्र राजविराजबाट आएको बारुण यन्त्र र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं