Lite Nepal

आइतबार, बैशाख २७, २०८३

काठमाडौं । सरकारले सरकारी र निजी अस्पतालको अनुगमन सुरु गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले डा. रोशन न्यौपानेको नेतृत्वमा विशेष टोली परिचालन गरेको हो ।

टोलीले सरकारी तथा निजी अस्पतालहरूको दैनिक अनुगमनलाई उच्च प्राथमिकताका साथ तीव्रता दिएको मन्त्रालयका सह प्रवक्ता डा. समीर अधिकारीले जानकारी दिए। यसै अभियानअन्तर्गत गत हप्ता कान्ति बाल अस्पताल र अल्का अस्पतालमा छड्के अनुगमन गरिएको छ ।

हाल सघन सुपरीवेक्षण र सुधारका लागि सचेत गराउने कार्य भइरहे पनि अनुगमनका क्रममा तोकिएको मापदण्ड र गुणस्तरमा कुनै पनि कमजोरी वा लापरबाही भेटिएमा जिम्मेवार अधिकारीलाई कानुनी दायरामा ल्याई आवश्यक कारबाही अगाडि बढाउने गरी मन्त्रालयले नियमनमा पछिल्लो समय निकै कडाइ गरेको छ ।

अस्पतालको अनुगमन लगत्तै अब फार्मेसीलगायत स्वास्थ्य सेवा प्रवाह हुने अन्य सबै केन्द्रमासमेत अनुगमनलाई तीव्र पार्ने मन्त्रालयको तयारी छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं