Lite Nepal

सोमबार, बैशाख २८, २०८३

विराटनगर । सुनसरीको बाराहक्षेत्र नगरपालिका–९ मा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भएको निःशुल्क आँखा शिविरमा ५ सय बढी सेवाग्राहीले लाभ लिएका छन् ।

विराटनगर–१५ मा रहेको रानी आँखा अस्पतालको आयोजना तथा विद्यालयको व्यवस्थापनमा सोमबार सम्पन्न शिविरमा ४४५ विद्यार्थी र ८० जना अभिभावकको आँखा परीक्षण गरिएको अस्पतालकी प्रशासन प्रमुख प्रतीक्षा बास्तोलाले जानकारी दिइन् ।

उनका अनुसार परीक्षण गरिएका अभिभावक मध्ये १० जनामा मोतिया बिन्दु र २ जनाको आँखामा मासु पलाएको समस्या पाइएको छ । उनीहरूको अप्रेसनबाट समस्या ठिक हुने चिकित्सकले बताएका छन् ।

अस्पतालले सामाजिक उत्तरदायित्व अन्तर्गत समय समयमा विभिन्न स्थानमा यस्ता शिविरको आयोजना गर्दै आएको छ । शिविरमा निःशुल्क आँखा परीक्षण गरिने र अप्रेसन गर्नुपर्ने बिरामीलाई अस्पतालले ५० प्रतिशत छुटसमेत दिँदै आएको प्रशासन प्रमुख बास्तोलाले बताइन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं