काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)का विद्यार्थीका लागि पूरक (ग्रेडवृद्धि) परीक्षा आगामी असार पहिलो सातादेखि सञ्चालन हुने भएको छ।
राष्ट्रिय परीक्षा बोर्डले सोमबार साँझ सार्वजनिक गरेको नतिजासँगै पूरक परीक्षाको कार्यतालिका पनि सार्वजनिक गर्दै परीक्षा असार १ गते सोमबारदेखि सुरु हुने जनाएको छ। बोर्डका अनुसार उक्त परीक्षा असार ९ गतेसम्म सञ्चालन हुनेछ।
बोर्डले तोकेको व्यवस्था अनुसार अन्तिम ग्रेडमा ‘सी’ वा सोभन्दा कम प्राप्त गरेका विद्यार्थीहरू पूरक परीक्षामा सहभागी हुन योग्य हुनेछन्। त्यस्तै, बढीमा दुई विषयमा अनुपस्थित रहेका परीक्षार्थीले पनि उक्त परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरिएको छ।
पूरक परीक्षा प्रणालीमार्फत विद्यार्थीलाई शैक्षिक उपलब्धि सुधार गर्ने अवसर प्रदान गर्ने उद्देश्य राखिएको बोर्डले जनाएको छ।
