Lite Nepal

बुधबार, बैशाख ३०, २०८३

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका-२ तेम्बेस्थित मैवाखोला माध्यमिक विद्यालयको आठ कोठे विद्यालय भवन निर्माण भएको छ ।

मैवाखोला गाउँपालिकाका इन्जिनियर उमेश भट्टराईका अनुसार गाउँपालिकाको रु एक करोड ८४ लाख २९ हजार ९६८ को लागतमा भवन निर्माण भएको हो ।

नवनिर्मित भवनको गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेम र उपाध्यक्ष कमल कुमारी लिम्बूले मंगलबार संयुक्त रूपमा उद्घाटन गरे। त्यस अवसरमा स्थानीय जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, अभिभावक तथा स्थानीयको बाक्लो उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं