Lite Nepal

बिहिबार, जेठ ०७, २०८३

ताप्लेजुङ । ताप्लेजुङलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना भएको जिल्ला घोषणा गरिएको छ ।

बिहीबार एक कार्यक्रमको आयोजना गरी कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री मानबहादुर लिम्बूको उपस्थितिमा जिल्लालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।

९ स्थानीय तह रहेका जिल्लाका प्रत्येक वडा र स्थानीय तह पूर्ण खोप सुनिश्चित पालिका भएसँगै ताप्लेजुङलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना भएको जिल्ला घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

जन्मेदेखि ५९ महिनासम्मका सम्पूर्ण बालबालिकालाई नेपाल सरकारबाट निःशुल्क दिइने सबै खोप लगाएकाले ताप्लेजुङलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो ।

जिल्लाका जन्मेदेखि ११ महिनासम्मका एक हजार १२२ जना, १२ महिनादेखि १५ महिनासम्मका ४७५ जना, १६ महिनादेखि २३ महिनासम्मका ९४३ जना र २४ देखि ५९ महिनासम्मका चार हजार २४६ बालबालिकालाई खोप दिइएको स्वास्थ्य कार्यालय ताप्लेजुङका प्रमुख सुमन तिवारीले बताए ।

उनले महिला स्वास्थ्य स्वयंसेविकाले स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदानको उच्च प्रशंसा गरे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं