Lite Nepal

शनिबार, आषाढ २०, २०८३

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारले कार्यभार सम्हालेको सय दिन पूरा गरेको छ ।

यस अवसरमा सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शनिबार पत्रकार सम्मेलन आयोजना गर्दै आफ्नो कार्यसम्पादन सार्वजनिक गरेको छ ।

पहिलो सय दिनमा भएका प्रमुख काम, नीतिगत निर्णय तथा कार्यान्वयनको अवस्थाबारे सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी गराएका थिए ।

नीतिगत सुधारअन्तर्गत संघीय मन्त्रालयको संख्या २५ बाट घटाएर १८ बनाइएको विषयलाई मुख्य उपलब्धिका रूपमा सरकारले राखेको छ ।

यसमार्फत वार्षिक २० अर्ब रुपैयाँ बचत हुने दाबी छ । विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय नयाँ निर्माण पनि सरकारको उपलब्धि भएको मन्त्री पोखरेलले बताए ।

सरकारले १०० दिनलाई उपलब्धिमुलक रहेको दाबी गरेको छ । सरकार निर्माणको प्रारम्भिक चरणमै विभिन्न क्षेत्रका प्राथमिकता निर्धारण गर्दै सय दिने कार्यसूची कार्यान्वयनमा सरकार केन्द्रित भएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं