Lite Nepal

आइतबार, आषाढ २१, २०८३

विराटनगर । नेपाली काँग्रेस धनकुटासँग आबद्ध १९ जना नेता तथा कार्यकर्ताले सामूहिक रूपमा पार्टी परित्यागको घोषणा गरेका छन्। राजीनामा दिनेमा महाधिवेशन प्रतिनिधि तथा पूर्व संविधानसभा सदस्य अञ्जना ताम्लीसमेत रहेकी छन्।

उनीहरूले पार्टीका महामन्त्री गगन थापालाई सम्बोधन गर्दै पार्टी सदस्यता त्याग गरेको जानकारी गराएका हुन्।

राजीनामा दिने अन्य नेतामा कोशी प्रदेश सदस्य मीना राई, क्षेत्रीय सदस्य युवेन तुम्बा तथा क्षेत्रीय प्रतिनिधि राजकुमारी राईलगायत रहेका छन्।

उनीहरूले पार्टीभित्र वैचारिक मतभेद बढ्दै गएको र सक्रिय रूपमा काम गर्ने अनुकूल वातावरण नभएको उल्लेख गरेका छन्।

पार्टी त्याग गरेका नेताहरूले आगामी राजनीतिक यात्रा कुन दल वा अभियानसँग जोडिने भन्ने विषयमा औपचारिक धारणा सार्वजनिक गरेका छैनन्। यद्यपि, उनीहरू हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीतर्फ जान सक्ने चर्चा स्थानीय राजनीतिक वृत्तमा भइरहेको जनाइएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं