Lite Nepal

शनिबार, आषाढ २७, २०८३

कंगो । लोकतान्त्रिक गणतन्त्र कंगोका स्वास्थ्य अधिकारीहरूका अनुसार शनिबार इबोला प्रकोपका कारण मृत्यु हुने मानिसहरूको संख्या ६४८ जना पुगेको छ भने एक हजार ८३० जनामा संक्रमण पुष्टि भएको घटनाहरूको दर्ता भएका छन् ।

पछिल्लो तथ्यांकमा विगत २४ घण्टामा दर्ता भएका संक्रमण र मृत्युहरूसमेत समावेश भएको अधिकारीहरूले बताएका छन् ।

स्वास्थ्य मन्त्री स्यामुएल रोजर कम्बाले विज्ञप्ति जारी गर्दै सरकारले देशको उत्तर र उत्तरपूर्वमा सोपो र हाट–युलेलाई समावेश गरी इबोला प्रकोपबाट उच्च गतिमा प्रभावित प्रान्तहरूको सूची विस्तार गरेको बताएका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले यस अघि नै डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा इबोला प्रकोपको वास्तविक मात्रा आधिकारिक तथ्यांकले दिएको भन्दा दुई देखि चार गुणा बढी हुन सक्ने चेतावनी दिएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं