Lite Nepal

आइतबार, आषाढ २८, २०८३

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिका इरानसँगको वार्तालाई निरन्तरता दिन सहमत भएको जानकारी दिएका छन् ।

उनले तेहरानसँगको युद्ध विराम भने अब समाप्त भएको स्पष्ट पारे। आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत ट्रम्पले सो कुराको जानकारी दिनुभएको हो । यसैबीच, तनाव कम गर्ने र अमेरिका–इरान वार्तालाई पुनर्जीवित गर्ने उद्देश्यले कतारी मध्यस्थकर्ताहरू इरान पुगेका छन् ।

ट्रम्प प्रशासनसँगको आवश्यक समन्वयपछि कतारी टोली त्यसतर्फ लागेको सीएनएनले कूटनीतिक स्रोतलाई उद्धृत गर्दै जनाएको छ । अमेरिकी समाचार संस्था एक्जियसकाअनुसार दुई देशबीचको अर्को चरणको वार्ता आगामी हप्ता हुन सक्ने सम्भावना छ । यस वार्ताका लागि स्विट्जरल्याण्डलाई सम्भावित स्थलको रूपमा हेरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं