Lite Nepal

बुधबार, आषाढ ३१, २०८३

काठमाडौं । अमेरिकी सेनाले इरानका विभिन्न सैन्य लक्ष्यहरूमा हवाई आक्रमण जारी राखेको छ । इरानमाथि अमेरिकाको यो लगातार चौथो दिनको आक्रमण हो ।

अमेरिकाले इरानी बन्दरगाहहरूको नौसैनिक नाकाबन्दी पनि सुरु गरेको छ । इरानमाथि दबाब बढाउन यो कदम चालिएको अमेरिकी सेन्ट्रल कमाण्डले जनाएको छ ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमण जारी राख्ने बताएका छन् ।

फक्स न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले भने, ‘हामी मंगलबार राति र त्यसपछिको दिन पनि आक्रमण गर्नेछौँ । अर्को साता इरानका विद्युत केन्द्र र पुलहरूलाई पनि निसानामा पारिनेछ । यदि कुनै सम्झौता भएन भने त्यहाँ केही पनि बाँकी रहनेछैन ।’

ट्रम्पले इरान वार्ताका लागि तयार नभएसम्म अमेरिकी आक्रमण जारी रहने बताए । उनले आवश्यकता परेमा स्थलगत सैन्य कारबाही पनि सुरु गर्न सकिने उल्लेख गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं