Lite Nepal

आइतबार, साउन ०३, २०८३

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले सडक र संसद् दुवै क्षेत्रलाई संघर्षका प्रमुख माध्यमका रूपमा प्रयोग गर्ने बताएका छन्।

आइतबार एमालेका सांसदहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै ओलीले वर्तमान राजनीतिक परिस्थितिमा पार्टीले दुवै मोर्चालाई प्रभावकारी बनाउँदै अघि बढ्ने चेतावनी दिएका हुन्।

उनले एमाले अहिले दुई प्रकारका राजनीतिक संघर्षमा रहेको उल्लेख गर्दै सडक स्तरको गतिविधि र संसदीय भूमिकालाई एक अर्कासँग जोडेर अघि बढाउनुपर्ने बताए। सडक संघर्षका क्रममा केही कमजोरी देखिएको स्वीकार गर्दै उनले धक्काले कुनै पनि पक्षको मनोबलमा असर पर्न सक्ने भए पनि त्यसबाट पुनः सक्रिय भएर अघि बढ्नुपर्ने धारणा राखे।

ओलीले सडक आन्दोलन र संसद्‌भित्रको भूमिका एक अर्काका सहयोगी माध्यम भएको उल्लेख गरे। उनका अनुसार दुवै क्षेत्रलाई सुदृढ बनाउँदै पार्टीले आफ्नो राजनीतिक गतिविधि विस्तार गर्नेछ।

अध्यक्ष ओलीले मुलुकको पछिल्लो राजनीति स्पष्ट नीति, दिशा र प्रणालीको अभावमा अघि बढिरहेको टिप्पणी गरे। उनले एमालेले संघर्षमार्फत राजनीतिक अवस्थालाई सही दिशामा ल्याउने दाबी गरे।

उनले लोकतान्त्रिक व्यवस्थामा सरकार परिवर्तनका लागि संविधान र कानुनले निर्धारण गरेका संसदीय प्रक्रिया रहेको उल्लेख गर्दै हिंसा, तोडफोड, आगजनी, बल प्रयोग वा जबरजस्तीका माध्यम स्वीकार्य नहुने बताए।

वर्तमान सत्ता परिवर्तनको प्रक्रियामाथि प्रश्न उठाउँदै ओलीले राजनीतिक वातावरणमा अराजकता बढेको दाबी गरे।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं