Lite Nepal

मंगलबार, साउन ०५, २०८३

काठमाडौं । युक्रेनबाट छुटेको मालवाहक जहाजमा मिसाइल आक्रमण हुँदा १० जनाको मृत्यु भएको छ । ओडेसा बन्दरगाहबाट प्रस्थान गरेको मालवाहक जहाज ‘एमभी गोल्डेन लियो’मा भएको मिसाइल आक्रमणमा १० जना चालक दलका सदस्यको मृत्यु भएको बीबीसीले जनाएको छ । जहाजमा भारत र सिरियाका नागरिक रहेका छन् ।

युक्रेनको नौसेनाका अनुसार टर्कीको स्वामित्वमा रहेको उक्त जहाज खाद्यान्न बोकेर ओडेसा बन्दरगाहबाट प्रस्थान गरिरहेको बेला रुसी मिसाइल प्रहार भएको हो । युक्रेनको नौसेनाले रुसले मिसाइल प्रहार गरेपछि जहाजमा आगालागी भएको थियो ।

यसैबीच, भारतीय संचारमाध्यमले मारिनेमा चारजना भारतीय नागरिक छन् । अर्का एक भारतीय गम्भीर घाइते भएका जनाएका छन् । भारतको विदेश मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिअनुसार जहाजमा १७ जना चालक दलका सदस्य सवार थिए, जसमा पाँचजना भारतीय थिए ।

हालैका दिनहरूमा द्वन्द्वप्रभावित समुद्री क्षेत्रहरूमा जहाजमाथि हुने आक्रमणका घटनाहरू बढ्दै गएका छन् । गत हप्ता पनि भारतले बढ्दो क्षेत्रीय तनावलाई ध्यानमा राख्दै भारतीय जहाजका कामदारहरूको तैनाथीका विषयमा जहाज मालिकहरू तथा एजेन्सीहरूलाई सतर्क रहन सल्लाह दिएको थियो । बीबीसी र इन्डिया डटकमबाट ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं