Lite Nepal

सोमबार, साउन ११, २०८३

धनगढी । धनगढीमा आमरण अनशनरत डा. गोविन्द केसीले सरकारसँग वार्तापछि सहमति जुटेपछि आफ्नो अनशन समाप्त गरेका छन्।

बिहीबारदेखि सुरु भएको अनशनका क्रममा उनका मागका विषयमा छलफल गर्न सरकारी प्रतिनिधिमण्डल शनिबार धनगढी पुगेको थियो। वार्ताबाट सहमति भएपछि डा. केसीले अनशन अन्त्य गर्ने निर्णय गरेका हुन्।

अनशन समापनका क्रममा उनले धनगढीस्थित अस्पतालमा बिरामीका कुरुवा रहेका गौमुल गाउँपालिका-२ का चक्रबहादुर धामीको हातबाट जुस ग्रहण गरेका थिए।

जुस सेवनसँगै डा. केसीले जारी राखेको आमरण अनशन औपचारिक रूपमा समाप्त भएको हो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं