काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्रीसमेत रहेका बालेन्द्र शाह (बालेन) लाई पार्टीको वरिष्ठ नेताको भूमिकामा औपचारिक रूपमा समेटेको छ ।
पार्टीको केन्द्रीय समिति बैठकले शाहलाई वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय गरेको हो । यसअघि रास्वपा र काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख शाहबीच भएको राजनीतिक समझदारीअनुसार उनलाई उक्त भूमिकामा राख्ने सहमति भएको थियो ।
पार्टीले संशोधन गरेको विधानमा वरिष्ठ नेताको पदसम्बन्धी व्यवस्था समावेश गरेपछि सोही प्रावधानअनुसार शाहलाई जिम्मेवारी प्रदान गरिएको हो ।
रास्वपाले पछिल्लो समय संगठनात्मक संरचना र जिम्मेवारी व्यवस्थापनलाई विधानअनुसार अघि बढाउँदै आएको जनाएको छ । शाहको वरिष्ठ नेताका रूपमा मनोनयनलाई पनि सोही प्रक्रियाको निरन्तरताका रूपमा लिइएको छ ।