Lite Nepal

मंगलबार, साउन १९, २०८३
 तस्बिर : एआई निर्मिति 

काठमाडौँ ।महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको सक्रियतामा दुर्गम क्षेत्रका दुई जोखिमपूर्ण अवस्थामा रहेका महिलाको सफल हवाई उद्धार गरिएको छ।

मन्त्रालयअन्तर्गत सञ्चालित राष्ट्रिय महिला सशक्तीकरण परियोजनामार्फत उनीहरूलाई समयमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराएर ज्यान जोगाइएको हो।

मन्त्रालयका अनुसार साउन १७ गते सङ्खुवासभाको खाँदबारी नगरपालिका–१ निवासी ३३ वर्षीया प्रभा ढुङ्गानाको शिशु जन्माएपछि अत्यधिक रक्तस्राव  भएको थियो। स्वास्थ्य अवस्था अत्यन्तै जटिल बनेपछि चिकित्सकको विशेष सिफारिसका आधारमा उनलाई तत्काल हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौँ ल्याइएको छ।

हाल उनको परोपकार स्त्री तथा प्रसूति गृह, थापाथलीमा विशेषज्ञ चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार भइरहेको छ।त्यसैगरी, साउन १८ गते जुम्लाको चन्दननाथ नगरपालिका निवासी २८ वर्षीया काशीकला धरलाको गर्भमै शिशुको मृत्यु भएपछि ज्यान जोखिममा परेको थियो।

उनलाई पनि आकस्मिक हवाई उद्धार गरी सुर्खेत प्रादेशिक अस्पताल पु¥याइएको छ। जहाँ उनको विशेषज्ञ उपचार सुरु भइसकेको मन्त्रालयले जनाएको छ।

के हो यो सेवा ?

दुर्गम तथा विकट क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाले समयमै विशेषज्ञ स्वास्थ्य सेवा पाऊन् भन्ने उद्देश्यले मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजनामार्फत निःशुल्क हवाई उद्धार सेवा सञ्चालन गर्दै आएको छ।

यस सेवाले आकस्मिक अवस्थामा जीवन रक्षक स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्नुका साथै मातृ मृत्युदर न्यूनीकरण, सुरक्षित मातृत्व प्रवद्र्धन तथा विकट क्षेत्रका महिलाको जीवन रक्षामा महत्त्वपूर्ण योगदान पु¥याउँदै आएको छ।

मन्त्रालयले आगामी दिनमा पनि यस्ता जीवन रक्षक सेवालाई अझ प्रभावकारी र गुणस्तरीय रूपमा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं