Lite Nepal

बुधबार, साउन २०, २०८३

काठमाडौं । यमनको तट नजिकै लाल सागरमा भारतीय झण्डा भएको व्यावसायिक जहाजमाथि हमला भएको छ ।

इरानसमर्थित हुथी विद्रोहीले विस्फोटक पदार्थ बोकेको आत्मघाती डुंगामार्फत जहाजमा आक्रमण गरेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ ।

हमलापछि जहाज डुबेको छ । तर जहाजमा सवार सबै १३ जना भारतीय नागरिकलाई भने सुरक्षित उद्धार गरिएको बताइएको छ ।

भारतीय विदेश मन्त्रालयले विज्ञप्ति निकालेर जहाजमाथि भएको हमलाको निन्दा गरेको छ ।

मन्त्रालयका अनुसार साउदी अरबको राजधानी रियादस्थित भारतीय दूतावासले घटनाक्रमलाई निरन्तर निगरानी गरिरहेको छ ।

साथै चालक दलका सदस्यहरूको सुरक्षाका लागि यमनका सम्बन्धित अधिकारीसँग समन्वय भइरहेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं