Lite Nepal

आइतबार, साउन २४, २०८३

विराटनगर । विश्व आदिवासी दिवसका अवसरमा कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको बहु जातीय, बहुभाषिक र बहु सांस्कृतिक विविधतालाई समृद्धिको आधारका रूपमा अघि बढाउनुपर्ने बताएका छन्।
आदिवासी जनजातिको भाषा, संस्कृति, परम्परा, कला र मौलिक पहिचानको संरक्षणसँगै उनीहरूको आर्थिक तथा सामाजिक सशक्तीकरणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको उनले बताएका हुन्।

मुख्यमन्त्री कार्कीले दिवसका अवसरमा जारी गरेको शुभकामना सन्देशमा आदिवासी जनजाति समुदायले नेपालको सामाजिक तथा सांस्कृतिक पहिचान निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको उल्लेख गरेका छन्।

उनले संविधानले सुनिश्चित गरेको समानता, सामाजिक न्याय, समावेशिता तथा सांस्कृतिक अधिकारको प्रभावकारी कार्यान्वयनका लागि प्रदेश सरकारले विभिन्न नीति, कार्यक्रम तथा योजनामार्फत काम गरिरहेको बताएका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं