Lite Nepal

शुक्रबार, साउन २९, २०८३

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा अदालतको फैसला कार्यान्वय गर्ने क्रममा रु १४ करोड १६ लाख राजस्व सङ्कलन गरेको छ । सो अवधिमा चार हजार ६०३ फरार प्रतिवादीलाई पक्राउ गरिएको छ।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाका अनुसार आर्थिक वर्ष २०८०र८१ मा दुई हजार ३८५ फरार प्रतिवादी पक्राउ परेका थिए । अदालतको फैसला कार्यान्वय गर्ने क्रममा उनीहरुबाट रु ८६ करोड ४८ लाख राजस्व सङ्कलन गरिएको थियो। आर्थिक वर्ष २०८१र८२ मा तीन हजार ५१३ फरार प्रतिवादी पक्राउ पर्नुका साथै रु १५ करोड एक लाख राजस्व सङ्कलन भएको थियो।

यस्तै आर्थिक वर्ष २०८२र८३ मा भन्सार चोरी तस्करी नियन्त्रणअन्तर्गत रु २० करोड चार लाख ५१ हजार, आर्थिक वर्ष २०८०र८१ मा रु १२ करोड ३८ लाख र आर्थिक वर्ष २०८१र८२ मा सोही शीर्षकमा रु २० करोड चार लाख २० हजार
कार्यालयबाट प्राप्त विवरण अनुसार आर्थिक वर्ष २०८२र८३ मा नौ हजार ८६३ मुद्दा दर्ता भएकामा सात हजार ४६८ जना पक्राउ परेका थिए। आर्थिक वर्ष २०८०र८१ मा नौ हजार ३८७ मुद्दा दर्ता भएकामा सात हजार ३०४ जना पक्राउ परेका थिए। यस्तै आर्थिक वर्ष २०८१र८२ मा नौ हजार ४६१ थान मुद्दा दर्ता भएकामा आठ हजार १६० जनालाई पक्राउ गरिएको थियो।

लागुऔषध तर्फ आर्थिक वर्ष २०८२र८३ मा एक हजार ३१३, आर्थिक वर्ष २०८०र८१ मा एक हजार ३९ र आर्थिक वर्ष २०८१र८२ मा एक हजार ४३७, कर्तव्य ज्यान सम्बन्धी आर्थिक वर्ष २०८२र८३ मा ८४, आर्थिक वर्ष २०८०र८१ मा ११८ र आर्थिक वर्ष २०८१र८२ मा १०३, साइवर अपराधतर्फ आर्थिक वर्ष २०८२र८३ मा ४०, आर्थिक वर्ष २०८०र८१ मा २४ र आर्थिक वर्ष २०८१र८२ मा ३५ तथा मानव बेचबिखनतर्फ आव २०८२र८३ मा १५, आर्थिक वर्ष २०८०र८१ मा ११ र आर्थिक वर्ष २०८१र८२ मा ११ मुद्दा दर्ता भएका कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं