Lite Nepal

सोमबार, भाद्र ०१, २०८३
फाइल तस्बिर

काठमाडौँ । नेपाली र नेवास् भाषाका वरिष्ठ कवि दुर्गालाल श्रेष्ठ (ख्वबिलु) को ९१ वर्षको उमेरमा निधन भएको छ ।उनको आइतबार राति आफ्नै निवास

बूढानीकण्ठमा निधन भएको परिवारजनले बताएको छ । शव श्रद्धाञ्जलीका लागि आज नेपाल भाषा मंकास् खलस् मा राखिने र भोलि शोभाभवगतीमा परम्परा अनुसार दाहसंस्कार गरिन भएको छ ।

उनका श्रीमती, एक छोरी र दुई छोरा छन् । विसं १९९२ साउनमा जन्मिएका उनले लामो समय क्षेत्रपाटीस्थित कन्यामन्दिर विद्यालयमा अध्यापन गरेका थिए। कवि श्रेष्ठको पहिलो रचना सान्त्वना कविता धर्मोदय पत्रिकामा प्रकाशित भएको थियो ।

उनले २०६० सालमा नेपाल भाषा परिषद्द्वारा ‘जनकवि’को उपाधि हासिल गरेका थिए । साहित्यकार श्रेष्ठ २०६१ सालमा नेपाल राष्ट्रिय प्रज्ञा प्रतिष्ठानको प्रज्ञ-सभासद भएका थिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं