Lite Nepal

सोमबार, भाद्र २२, २०८३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो साढे ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार रसुवा र नुवाकोटका बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेर फर्किएपछि राष्ट्रपति पौडेलले सम्बोधन गर्न लागेका हुन्। उनले नेपाल टेलिभिजनमार्फत राष्ट्रका नाममा सम्बोधन गर्नेछन्।

राष्ट्रपति पौडेलले आजै बाढी तथा पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका थिए। सो क्रममा उनले बाढीपहिरोबाट भएको क्षति, मानवीय संकटलगायतका विषयमा नेपाली सेना तथा अन्य अधिकारीसँग जानकारी लिएका थिए।

भदौ १० गते आएको बाढीपहिरोका कारण रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएको थियो। उक्त घटनामा परी हालसम्म १ हजार ३ सय ५५ जनाको मृत्यु भइसकेको छ भने ४ हजार ९ सय ९६ जना अझै बेपत्ता छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं