Lite Nepal

मंगलबार, भाद्र २३, २०८३

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले विजय हासिल गरेपछि विश्व बजारमा तेलको मूल्य तीव्र रूपमा घट्ने र अमेरिकामा पेट्रोलको मूल्य प्रतिग्यालन दुई अमेरिकी डलरभन्दा कम हुने दाबी गरेका छन्।

मध्यपूर्वमा जारी सैन्य कारबाहीका कारण ऊर्जा लागत बढेको उल्लेख गर्दै ट्रम्पले युद्ध समाप्त भएपछि ऊर्जा बजार स्थिर हुने बताएका छन्। उनले इरानलाई आणविक हतियार राख्न नदिने चेतावनीसमेत दिएका छन्।

ट्रम्पको भनाइको जवाफमा इरानी संसद्का अध्यक्ष मोहम्मद बाघेर गालिबफले इरानको ऊर्जा पूर्वाधारमाथि आक्रमण नगर्न अमेरिकालाई चेतावनी दिएका छन्। उनले इरानी तेल तथा ग्यास क्षेत्रमा संलग्न अमेरिकी कम्पनीहरू समेत जोखिममा पर्न सक्ने बताएका छन्।

यसैबीच, अमेरिकी युद्धमन्त्री पीट हेग्सेथले इरानले अमेरिकी जहाजमाथि आक्रमण गरे इरानी तेल ट्यांकरहरूलाई नष्ट गर्ने चेतावनी दिएका छन्। उनले इरानसँग प्रभावकारी नौसेना तथा वायुसेना नरहेको दाबी गर्दै अमेरिकी विमान, युद्धपोत र पनडुब्बीले इरानी सैन्य तथा तेल पूर्वाधारमाथि प्रहार गर्न सक्ने बताएका छन्।

अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले तीन इरानी कच्चा तेल ट्यांकर इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजिसी)  तथा उसका क्षेत्रीय सहयोगीलाई आर्थिक सहयोग गर्ने अर्बौँ डलरको ‘छाया सञ्जाल’ को हिस्सा रहेको दाबी गरेको छ।

सेन्टकमका कमान्डर एडमिरल ब्राड कुपरले आवश्यक परे इरानको तेल ट्यांकर बेडामाथि कारबाही गर्न अमेरिका पछि नहट्ने बताएका छन्।

अमेरिकाले युद्धलाई ‘विजय’ र ऊर्जा मूल्य घट्ने दाबीसँग जोडिरहँदा इरानले आफ्नो ऊर्जा पूर्वाधारमाथि आक्रमण भए कडा प्रतिकार गर्ने चेतावनी दिएको छ। दुई देशबीच बढ्दो तनावले विश्व ऊर्जा बजारमा समेत असर पर्न सक्ने चिन्ता बढेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं