Lite Nepal

शुक्रबार, आश्विन ०९, २०८३

काठमाडौं । सप्तकोशी नदीमा पानीको बहाव बढेपछि ब्यारेजका ३१ ढोका खोलिएका छन्।

शुक्रबार अपराह्न २:१५ बजे गरिएको मापनमा ब्यारेजबाट प्रतिसेकेन्ड २ लाख ४० हजार ५५५ क्युसेक पानी बगेको थियो।

चतरामा पनि नदीको बहाव बढ्दो क्रममा रहेकाले बाढी पूर्वानुमान महाशाखाले सप्तकोशीको तल्लो तटीय क्षेत्र र डुबान भइरहने स्थानका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

कोशी परियोजनाका अनुसार बहाव बढेसँगै भारतको बिहारतर्फका तटीय क्षेत्रमा पनि बाढीको जोखिम बढेको छ।

नदीको अवस्था परिवर्तन भइरहेकाले ब्यारेजको ढोका र पानीको बहावसम्बन्धी विवरणलाई अपराह्न २:१५ बजेसम्मको मापनका रूपमा लिनुपर्छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं