विराटनगर । कोसीमा पानीको बहाव बढेको छ । कोसी ब्यारेज कन्ट्रोल रुमको अनुसार पानीको बहाव ३ लाख १६ हजार ७९५ क्युसेक पुगेको छ।
पानीको सतह निरन्तर बढिरहेको छ भने ब्यारेजका ४३ वटा ढोका खुला गरिएको छ। ब्यारेजमा हालको अवस्था अति खतराको रहेको कन्ट्रोल रुमाले जनाइएको छ।