Lite Nepal

मंगलबार, आश्विन १३, २०८३

काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष र कर्मचारीमाथि दुर्व्यवहार भएको छ ।

काउन्सिलद्वारा आज जारी प्रेस विज्ञप्तिअनुसार नेपाल पत्रकार महासंघको नेतृत्वसँग लोककल्याणकारी विज्ञापनका विषयमा भएको छलफलका क्रममा काउन्सिलका अध्यक्षलाई लक्षित गर्दै धम्कीपूर्ण र अपमानजनक व्यवहार भएको हो ।

छापामाध्यम बचाउ सुझाव कार्यदलका मागका सम्बन्धमा आज दिउँसो काउन्सिलका अध्यक्षको कार्यकक्षमा छलफल भइरहेको समयमा महासंघ र कार्यदलका तर्फबाट सहभागी केही व्यक्तिले काउन्सिलका कर्मचारीमाथिसमेत अपमानजनक व्यवहार गरेका प्रेस काउन्सिलका सदस्य नम्रता शर्मा, रविराज बराल, उपासना घिमिरे र प्रकाशभक्त माथेमाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

छलफलका क्रममा समेत धम्कीपूर्ण भाषा प्रयोग गर्नु स्वीकार्य नहुने भन्दै काउन्सिलले पेसागत माग राख्ने अधिकारको सम्मान गर्ने स्पष्ट पारेको छ ।

साथै संस्थागत संवादका क्रममा मर्यादित र जिम्मेवार व्यवहार गर्न पनि काउन्सिलले सचेत गराएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं