Lite Nepal

बिहिबार, आश्विन १५, २०८३

काठमाडौं । देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।

आज हिमाली र पहाडी भूभागमा सामान्यतया बादल लाग्ने तथा तराई क्षेत्रमा आंशिक बादल रहनेछ।

कोशी र बागमतीका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा र गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिमका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

आज राति कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बादल लाग्नेछ।

ती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं