Lite Nepal

बिहिबार, आश्विन १५, २०८३

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनका अग्रज नेता घनेन्द्र बस्नेतको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् ।

दिवंगत नेता बस्नेतप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गर्दै अध्यक्ष ओलीले नेपालको कम्युनिष्ट आन्दोलन, लोकतान्त्रिक क्रान्ति र पार्टी निर्माणमा बस्नेतले पुर्‍याएको योगदानको स्मरण गरे ।

श्रद्धाञ्जली सभामा एमालेका शीर्ष नेताहरू, कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

नेपाली कम्युनिष्ट आन्दोलनमा लामो समय सक्रिय रहनुभएका नेता बस्नेतको निधनप्रति शोक व्यक्त गर्दै एमालेले एक निष्ठावान् र त्यागी नेता गुमाएको जनाएको छ।

अध्यक्ष ओलीले शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं