Lite Nepal

बिहिबार, आश्विन १५, २०८३

सिरहा । सिरहाको सुखीपुर नगरपालिका–१० स्थित विश्वकर्मा चोक नजिकै गागन खोला पुलबाट सशस्त्र प्रहरीले १ हजार १ सय २.६५ किलो गाँजा बरामद गरेको छ ।

विशेष सूचनाका आधारमा बुधबार राति करिब १२ः३६ बजे खटिएको २९ जनाको प्रहरी टोलीले २६ बोरा गाँजासहित बा. १४ च २९४ नम्बरको फुलबडी बोलेरो र स. ६ प ४८५९ नम्बरको अपाचे मोटरसाइकल नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी टोलीलाई देख्नासाथ गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरू सवारीसाधन र गाँजा छाडेर फरार भएका थिए ।

​बरामद गाँजा र सवारीसाधनलाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं