Lite Nepal

बिहिबार, आश्विन १५, २०८३

काठमाडौं । सरकारले संघीय संसद्को चालु अधिवेशन भोलि राति १२ बजेदेखि अन्त्य गर्न सिफारिस गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन अन्त्य गर्ने निर्णय गर्दै त्यससम्बन्धी पत्र राष्ट्रपति कार्यालयमा पठाएको हो।

सरकारको सिफारिसमा राष्ट्रपतिले संघीय संसद्को अधिवेशन अन्त्य गर्ने संवैधानिक व्यवस्था छ। सोही व्यवस्थाअनुसार सरकारले अधिवेशन अन्त्यका लागि सिफारिस गरेको हो। संघीय संसद्को चालु अधिवेशन २८ वैशाख २०८३ देखि सुरु भएको थियो। यस अधिवेशनबाट सरकारले ल्याएको बजेट तथा बजेटसँग सम्बन्धित विभिन्न विधेयक पारित भएका छन्।

त्यस्तै, संसद् अधिवेशन नरहेको समयमा सरकारले जारी गरेका अध्यादेश पनि यसै अधिवेशनबाट स्वीकृत भएका छन्। ती अध्यादेशले संशोधन गरेका विषय समेटेर ल्याइएका अध्यादेश प्रतिस्थापन विधेयकसमेत संसद्बाट पारित भई ऐनमा रूपान्तरण भएका छन्।

चालु अधिवेशनमा मन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुनुका साथै समसामयिक विषयमा सरकारका तर्फबाट मन्त्रीहरूले संसद्मा सम्बोधन गरेका छन्। तर प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भने सञ्चालन हुन सकेको छैन।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं