काठमाडौं । सरकारले संघीय निजामती सेवासम्बन्धी विधेयक प्रतिनिधिसभामा दर्ता गरेको छ। मन्त्रिपरिषद्को गत मंगलबार बसेको बैठकले विधेयक संसद्मा पेस गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई आवश्यक प्रक्रिया अघि बढाउन अनुमति दिएको थियो।
सरकारको निर्णयअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तर्फबाट विधेयक प्रतिनिधिसभामा दर्ता गरिएको हो।

