Lite Nepal

बिहिबार, आश्विन १५, २०८३

विराटनगर । ट्राफिक प्रहरीले चालकप्रति गर्ने व्यवहारमा सुधारको माग गर्दै पूर्वाञ्चल चालक संघलगायतका चालकहरूले विराटनगरको महेन्द्र चोकमा प्रदर्शन गरेका छन्। प्रदर्शनमा सहभागी चालकहरूले ट्राफिक प्रहरीको व्यवहार सुधार गर्नुपर्ने, चालकलाई अनावश्यक रूपमा दुःख दिने तथा अपराधीको जस्तो व्यवहार गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने माग गरेका छन्।

उनीहरूले विभिन्न मागसहितका प्लेकार्ड बोकेर महेन्द्र चोकमा प्रदर्शन गर्दै ट्राफिक प्रहरी र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए। प्रदर्शनकारीले चालकसँग सम्मानजनक व्यवहार गर्न तथा ट्राफिक व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न माग गरेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं