Lite Nepal

शुक्रबार, आश्विन १६, २०८३

काठमाडौं । राष्ट्रियसभाले प्रतिनिधिसभाले संशोधन गरेको राष्ट्रिय विधिविज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन)  विधेयक, २०८१ सर्वसम्मतिले पारित गरेको छ। विधेयकमा विशेष अवस्थामा विदेशी मुलुकले माग गरेमा पारस्परिक कानुनी सहायतासम्बन्धी प्रक्रिया पूरा गरी राष्ट्रिय डीएनए डाटा बैंकमा रहेको व्यक्तिको डीएनए प्रोफाइल उपलब्ध गराउन सकिने व्यवस्था छ।

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले अनुसन्धान तथा न्यायिक प्रयोजनका लागि यस्तो व्यवस्था आवश्यक रहेको बताए। अब विधेयक राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाइनेछ। राष्ट्रपतिबाट प्रमाणीकरण भई राजपत्रमा प्रकाशित भएपछि ऐन कार्यान्वयनमा आउनेछ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं