Lite Nepal

शनिबार, आश्विन १७, २०८३

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद तथा केन्द्रीय सदस्यहरूलाई परिचालन गर्दै ‘हामी आउँदै छौँ’ अभियान यही असोज २० गतेदेखि सुरु गर्ने भएको छ। संगठन विस्तार तथा जनतासँगको पहुँचलाई थप सुदृढ बनाउने उद्देश्यले रास्वपाले देशव्यापी रूपमा यो अभियान सञ्चालन गर्न लागेको हो।

अभियानलाई व्यवस्थित र प्रभावकारी बनाउन पार्टीका सांसद तथा केन्द्रीय सदस्यहरूलाई विभिन्न जिल्लाको जिम्मेवारी तोकिएको छ। जिम्मेवारी पाएका नेताहरू सम्बन्धित जिल्लामा पुगेर अभियानअन्तर्गतका कार्यक्रमको नेतृत्व गर्नेछन्।

रास्वपाले सांसद तथा केन्द्रीय सदस्यहरूलाई तोकिएका जिल्लाहरूको विस्तृत तालिकासमेत सार्वजनिक गरेको छ। अभियानमार्फत पार्टीका शीर्ष तथा केन्द्रीय तहका नेताहरू प्रत्यक्ष रूपमा जनतामाझ पुग्ने र संगठनात्मक गतिविधिलाई अघि बढाउने तयारी गरिएको छ।

को कहाँ ?

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं