Lite Nepal

सोमबार, आश्विन १९, २०८३

काठमाडौं । सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई गृह मन्त्रालयले निलम्बन गरेको छ। सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरेको र संगठनको आचारसंहिता तथा पदीय मर्यादाविपरीत काम गरेको आरोपमा उनलाई निलम्बन गरिएको हो।

सशस्त्र प्रहरी मुख्यालयले दाहालमाथि कारबाही गर्न गृह मन्त्रालयलाई सिफारिस गरेपछि मन्त्रालयले असोज १९ गते निलम्बनको निर्णय गरेको जनाएको छ। घटनाको वास्तविकता पत्ता लगाउन मन्त्रालयले जाँचबुझ अधिकृतसमेत तोकेको छ।

जाँचबुझ अधिकृतलाई तीन दिनभित्र छानबिन पूरा गरी प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ। प्रतिवेदनका आधारमा दाहालमाथि थप कारबाही अघि बढाउने वा नबढाउने निर्णय हुने मन्त्रालयले जनाएको छ।

दाहाल निलम्बनमा परेका बेला उनको पदावधि थपसम्बन्धी विषय पनि चर्चामा थियो। सशस्त्र प्रहरी मुख्यालयले केही दिनअघि उनको एक वर्ष पदावधि थपका लागि गृह मन्त्रालयमा प्रस्ताव पठाएको थियो।

यसअघि दाहाल संगठनको ‘चेन अफ कमान्ड’ उल्लंघन गरेको विषयमा समेत विवादमा आएका थिए र उनलाई स्पष्टीकरण सोधिएको समाचार सार्वजनिक भएको थियो।

यसै वर्ष सशस्त्र प्रहरीको नयाँ नेतृत्व चयनका क्रममा दाहाल पनि आईजीपीका प्रमुख दाबेदारमध्ये एक थिए। सरकारले वरिष्ठताका आधारमा नारायणदत्त पौडेललाई आईजीपी नियुक्त गरेपछि दाहाल एआईजीकै जिम्मेवारीमा थिए।

गृह मन्त्रालयले भने पछिल्लो निलम्बनलाई संवेदनशील सुरक्षा सूचनाको गोपनीयता र पदीय आचरणसँग सम्बन्धित विषयका रूपमा अघि बढाएको छ। मन्त्रालयले सुरक्षा निकायका कर्मचारीले कानुनअनुसार आफ्नो जिम्मेवारी निर्वाह गर्दै संवेदनशील सूचना गोप्य राख्नुपर्ने जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं