विराटनगर । नेपाल स्टक एक्सचेञ्जको वेबसाइट आज पुनः डाउन भएको छ । केही समय सञ्चालनमा आइर पुनः वेबसाइट डाउन भएको हो ।
वेबसाइट बारम्बार बन्द हुँदा आम लगानीकर्ताले सास्ती भोग्दै आएका छन् ।

बारम्बार प्राविधिक समस्या आउँदा वेभसाइट बन्द हुँदै आएको छ । असअघि पनि नेप्सेको वेबसाइट बन्द हुँदा लगानीकर्ताले लाइभ मार्केट हेर्नबाट बञ्चित हुँदै आएका थिए ।

नेप्सेले अब आफ्नो प्राविधिकमा सुधार गर्नुपर्ने सुझाव सरोकारवालाहरुले दिँदै आएका छन् ।
नेप्सेका एक अधिकारीका अनुसार हाल नेप्सेमा सामान्य प्राविधिक समस्या आएका कारण यसलाई मिलाउन प्राविधिक टोली खटिइसकेको बताए ।
सकेसम्म छिट्टै वेबसाइट खुल्ने ती अधिकारीले बताए ।