Lite Nepal

शनिबार, आश्विन ०३, २०७७

विराटनगर । नेपाल पत्रकार महासंघ १ नंबर प्रदेश समिति आफ्नै कार्यालय भवनमा सरको छ । विराटनगर ५ मा बन्दै गरेको भवनमा संविधान दिवसको अवसर पारेर शनिबार सरेको हो ।

प्रदेश सरकारको सहयोग तथा विराटनगर महानगर पालिकाले उपलब्ध गराएको जग्गामा भवन निर्माण गरि कार्यालय सारिएको पत्रकार महासंघका अध्यक्ष बिक्रम लुईँटेलले बताए ।

चार तले भवन बनाउने गरी काम सुरु गरे पनि यो वर्ष दशैं अघि दुई तला पुर्ण रुपमा सम्पन्न हुने अध्यक्ष लुईँटेलले जानकारी दिए । प्रदेश पत्रकार महासंघमा आफ्नै भवन बनाउने यो पहिलो प्रदेश समिति हो ।

कोरोना महामारीका बेला प्रदेशका बिभिन्न सञ्चारमाध्यमलाई सरकारको समन्वयमा ५४ लाख रुपैयाँ बितरण गरेको महासंघले निकट भविश्यमा पत्रकाहरुलाई लेखनबृत्ती समेत दिने तयारी गरेको छ ।

यो महामारिको बेला अप्ठ्यारोमा परेका करिब सय जना पत्रकारलाई लेखनबृत्ती दिने योजना सारिएको महासचिव विवेक गौतमले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं