काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लंघन गर्ने ३३६ सवारीसाधनमाथि कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन ९मापसे० गरी सवारीसाधन चलाउने १०२, सीसी क्यामरामार्फत पहिचान भएका ३९ र रातो बत्ती उल्लंघन गर्ने २० चालक कारबाहीमा परेका छन् ।
कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीका अनुसार तीव्र गतिमा सवारीसाधन चलाउने ५७, अनावश्यक हर्न बजाउने आठ र लेन अनुशासन उल्लंघन गर्ने तीन सवारीसाधनमाथि पनि कारबाही गरिएको छ ।

त्यसैगरी, सवारीसाधनको अवस्था ठीक नभएका दुई र अन्य कसुरमा १०५ सवारीसाधनलाई कारबाही गरिएको कार्यालयले जनाएको छ । ट्राफिक प्रहरीले चाडपर्वका समयमा सवारी नियम उल्लंघन गर्ने चालकलाई लक्षित गरी निगरानी र कारबाहीलाई तीव्रता दिएको छ ।
