Lite Nepal

मंगलबार, कार्तिक १०, २०८३

काठमाडौं । डेविड मलानको अर्धशतकमा चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा विराटनगर किंग्सलाई १५८ रनको लक्ष्य दिएको छ ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङमा आएको चितवनले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १५७ रन बनाएको हो ।

चितवनका लागि ओपनर डेविड मलानले ७० रनको अर्धशतकीय इनिङ खेले । उनले ५० बलमा समान पाँच चौका र छक्का प्रहार गरे । उनले अर्का ओपनर देव खनालसँग ५८ रनको अर्धशतकीय साझेदारी गरे । अविजित रहेका रवि बोपाराले ३२, डान मुस्लेले २९ र देव खनालले १२ रन बनाए ।

विराटनगरका लागि एञ्जेलो म्याथ्युज, आन्द्रे रसेल र चरिथ अशलंकाले समान एक विकेट लिए । खेलमा कप्तान सन्दीप लामिछानेले १७.३ ओभरमा डीआरएसको अपिल गरेका थिए । उक्त बलमा अम्पायरले नटआउटको संकेत गरेपछि उनले अपिल गरेका हुन् । तर, उनको अपिल सफल भएन । टिभी अम्पायरले पनि नटआउटको संकेत गर्दा चितवनका डानी मुस्लेको विकेट जोगिएको थियो ।

दुवै टोली जितका साथ प्रतियोगिताको सुरुआत गर्ने लक्ष्यमा छन् । पहिलो सिजनमा लिग चरणमै सीमित भएको विराटनगरले दोस्रो सिजनमा भने प्रभावकारी रूप देखाउँदै प्लेअफसम्मको यात्रा तय गरेको थियो । यता, पहिलो सिजन एलिमिनेटरसम्म पुगेको चितवन दोस्रो सिजनमा लिग चरणबाट अगाडि बढ्न सकेको थिएन ।

सोमबाट सुरु भएको यो प्रतियोगितामा साविक विजेता लुम्बिनी लायन्सले साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई सात विकेटले पराजित गर्दै विजयी सुरुआत गरेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं