Lite Nepal

शुक्रबार, कार्तिक १३, २०८३

काठमाडौं । सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन)लाई निलम्बन गरेको छ।

गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै एनप्याब्सनलाई निलम्बन गरिएको जानकारी गराएको हो। राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम नेपाल सरकारको स्वीकृति लिई खडा भई सञ्चालनमा रहेको एनप्याब्सनले ऐनको दफा ५ बमोजिम गृह मन्त्रालयबाट दिइएको निर्देशन बारम्बार पालना गरेको नदेखिएको र यसका साथै संगठनका पदाधिकारीहरुले नेपाल सरकारबाट स्वीकृत विधान तथा संगठनको मूल उद्देश्य विपरितका कार्यहरुसमेत गरेको देखिएको सूचनामा उल्लेख छ।

यस विषयमा मन्त्रालयले सम्बद्ध सरोकारवाला पक्षहरुलाई गत असोज २३ गते छलफल गराई राष्ट्रिय निर्देशन ऐन, २०१८ तथा मन्त्रालयबाट मिति गत वर्ष मंसिर १२ गते जारी निर्देशनबमोजिमका कार्य गर्न आग्रहसमेत गरिएकामा सोबमोजिम गरिएको नदेखिएकाले राष्ट्रिय निर्देशन ऐन, २०१८ दफा ५ बमोजिमको निर्देशन पालना नगरेकाले ऐनको दफा ६ को उपदफा (२) बमोजिम एनप्याब्सनलाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरिएको सूचनामा उल्लेख छ।

यो सूचना जारी भएपश्चात उक्त संस्थाका नाममा कुनै पनि समूह वा गुटबाट हुने क्रियाकलाप गैरकानुनी हुने हुँदा प्रचलित कानुनबमोजिम कारबाही हुने मन्त्रालयले चेतावनी दिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं